माघ २४ –ताइवानको हुवालिन शहरमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । 

ताइवानी अधिकारीका अनुसार भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान जानुकाे साथै सयाैं घाइते भएका छन् । त्यस्तै कैयौं अग्ला भवनहरु भत्केको जनाएका छन् । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा कैयौं सडक र भवनमा क्षति पुगेको देखिन्छ । 

भूकम्पका कारण कैयौं भवनमा फसिरहेका नागरिकलाई उद्धार गर्ने कार्य भैरहेको बीबीसीले जनाएको छ ।
No comments:
Post a Comment