Thursday, September 27, 2018

१० वर्षीय बालकको हत्या आरोपमा १ पक्राउ - दोलखा – शैलुङ गाउँपालिका वडा

Wednesday, February 7, 2018

नेपाल र नामिबियाको खेल आज, यस्तो छ नामिबियासँग नेपालको इतिहास

काठमाडौं, माघ २५ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल बिहीबार घरेलु टिम नामिबियासँग खेल्दैछ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो  सवा १ बजे बजेपछि सुुरु हुनेछ ।
नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको छ । नेपाली कप्तान पारस खड्काले नेपाली टिम हरेक खेलमा जित्नका लागि मैदान उत्रने बताएका छन् ।
नेपालले यसअघि पनि खेलिसकेको नामिविया बलियो टिम रहेको उनको भनाई छ । यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हारेको छ । 
सन् २००१ मा भएको आइसीसी ट्रफीमा नामिबियाले नेपाललाई ८ विकेटको हराएको थियो । सन् २०१५ मा नामिबियामै भएको डिभिजन टू मा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो । यस्तै, सन् २०१६ को अप्रिलमा कीर्तिपुरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले नामिबियालाई ५ विकेटले र यहि प्रतियोगिताको दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । कप्तान पारस खड्काले उक्त खेलमा शतकीय पारी खेलेका थिए । 
सन् २००३ मा एकदिवसीय विश्वकप खेलिसकेको नामिबियाले डिभिजन टूको  तयारीका लागि दक्षिण अफ्रिका पुगेर स्थानियत टोलीसँग तीन दिवसीय कप र एकदिवसीय सिरिज पनि खेलेको छ । नामिबियालाई घरेलु मैदानको फाइदा पनि हुनेछ । 
नेपालले भने प्रतियोगिताका लागि गतिलो तयारी गर्न पाएको छैन । प्रतियोगिताका लागि युएइमा ३ अभ्यास खेल खेलेको नेपाली टोली उतैबाट नामिबिया पुगेको हो । ६ टीम रहेको प्रतियोगिताको शीर्ष २ मा रहने टीमले विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछन् । 

प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत, माघ २५ – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न भएको राष्ट्रियसभा सदस्यको चुनावमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका ८ जना उम्मेदवार सबै विजयी भएका हुन ।
वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी हुनुभएको हो । नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका विष्णुबहादुर शाही पराजित हुनुभएको छ । 
यस्तै महिला सदस्यमा वाम गठबन्धनको तर्फबाटै एमालेकी नन्दा चपार्ई , कविता बोगटी र माओवादी केन्द्रकी युटोल लामा विजयी हुनुभएको हो । वाम गठबन्धनबाटै एमालेका नरपति लुवार दलितबाट र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो ।  
एमालेकी नन्दा चपाईले १ हजार २ सय ६८, कविता बोगटीले १ हजार ३ सय १४ र माओवादी केन्द्रकी युटोल तामाङले १ हजार २ सय ७१ मत ल्याएर विजयी हुनुभएको हो । । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सुर्यदेवि शाही पराजित हुनुभएको छ ।  
नरपति लोवारले तीन हजार ६ सय ६६ मत ल्याएर विजयी हुनुभएको छ भने कांग्रेसका मित्रलाल सार्कीले ९ सय ६० मत ल्याएर पराजित हुनुभएको  छ । माओवादी केन्द्रका जीवनबहादुर बुढाले तिन हजार  ७ सय २० मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका गोपालप्रसाद शर्माले ९ सय ७८ मत ल्याएर पराजित हुनुभएकोे छ ।
प्रदेश नम्बर ६ मा ८ राष्ट्रियसभा सदस्यका लागि १२ जनाले उम्मेदवार दिएका थिए ।  वाम गठबन्धको तर्फबाट एमालेले ५, माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसको तर्फबाट ४ जनाले उम्मेदवारी दिएका थिए । 

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही,माघ २५ - सर्लाहीको बलरा नगरपालिका ४  मा गयराति भएको सवारी दुर्घटनामा एक्जनाको ज्यान गएको छ ।  भारतिय नम्वर प्लेटको बिआर ३० जे ५९२७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय ७० वर्षीया देवती देबीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकारी दिनुभयो।
मोटरसाइकलले ठक्कर दिइएपछि गम्भीर घाइते भएकी देवती लाई उपचारका लागि सर्लाही अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । ठक्कर दिने मोटरसाइकल  चालक बिन्देश्वर महतोलाइ प्रहरीको पक्राउ गरेको छ।

दुध वोक्ने ट्याङकर त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु

चितवन, माघ २५ –  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत गाईघाटमा दुध वोक्ने ट्याङकर त्रिशलीमा खस्दा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनरसँग ठोक्किएर दुध बोक्ने ट्याङकर त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोक्ने ट्याङकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । दुर्घटनामा परेको ट्याङकरका चालक र सहचालकको मृत्यु भएको तर सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
ट्याङकर सडकवाट नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठोकिएको ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ ।शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रियसभा चुनावमा पनि वाम गठबन्धनको बहुमत (विजयी सांसदको नामावली सहित)

काठमाडौं, माघ २५ – राष्ट्रियसभा चुनावको सबै परिणाम आएको छ । कुल ५६ जना सांसदका लागि भएको चुनावमा २४ जना सांसद यसअघि नै निर्विरोध विजयी भएका थिए । बुधबार बाँकी ३२ सांसदको लागि चुनाव भएको थियो । सबै प्रदेशबाट मतगणना सकिँदा राष्ट्रियसभा सदस्य चुनावमा पनि वाम गठबन्धनको नै स्पष्ट बहुमत आएको छ ।
५६ जना सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका २७ जना विजयी भएका छन् भने माओवादी केन्द्रका १२ जना विजयी भएका छन् । यसरी हेर्दा वाम गठबन्धनबाट ३९ सांसद राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेछन् । नेपाली कांग्रेसबाट भने राष्ट्रियसभामा १३ जना सांसदले प्रतिनिधित्व गर्नेछन् राजपा र संघीय समाजवादी फोरमका २/२ जना सांसद राष्ट्रियसभामा हुनेछन् । 

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा भएको चुनावमा ६ जना निर्विरोध भएका थिए भने २ जनाको लागि बुधबार चुनाव भएको थियो । दलित र अपाङग वा अल्पसंख्यक सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । १ नम्बर प्रदेशमा एमालेका ५ जना कांग्रेसका २ जना र माओवादी केन्द्रका १ जना सांसद भएका छन् ।  
बुधबार भएको चुनावमा एमालेका खेम नेपाली र एमालेकै अगमप्रसाद बान्तवा राई विजयी हुनुभएको छ ।  प्रदेश नम्बर १ मा यसअघि नै वाम गठबन्धनका नैनकला ओझा, विना पोखरेल, हरिचरण शिवाकोट, पर्शुराम मेघी गुरुङ्ग, तथा कांग्रेसका रमेशजंग रायमाझी र सरिता प्रसाई निर्विरोध निर्वाचित भैसक्नुभएको थियो ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, राजपाका रमेशप्रसाद यादव र बृषेचन्द्र लाल संघिय समाजवादी फोरमा प्रमिला कुमारी र रामपृत पासवान एमालेका सुमनराज प्याकुरेल, माओवादीका शशीकला दाहाल, तथा गरि ८ जना नै निर्विरोध निर्वाचित भइसकेका थिए । उनीहरुलाई बुधबा।ै विजयी भएको प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा वाम गठबन्धनबाट एमालेका बलराम प्रसाद बाँस्कोटा, दिलकुमारी रावल पार्वती र उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका छन् ।

प्रदेश नम्बर ४ 

प्रदेश नम्बर ४ मा अपाङग वा अल्पसंख्यक सदस्य बाहेक अन्य सदस्यका लागि बुधबार चुनाव भएको थियो । जसमा नेकपा एमालेका ३ जना विजयी भएका छन् । एमालेका गणेश तिमिल्सिना, शान्ति अधिकारी र दीपा गुरुङ रहेका छन् । माओवादी केन्द्रबाट दीनानाथ शर्मा र खिमकुमार विक गरी २ जना सदस्य विजयी भएका छन् । नेपाली कांग्रेसबाट ४ नम्बर प्रदेशमा ३ जना विजयी भएका छन् ।कांग्रेसका सुरेन्द्रराज पाण्डे, बृन्दा राना मगर र प्रकान्त पन्त विजयी भएका हुन् । 

प्रदेश नम्बर ५ 

प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यमा एमालेका दुई, माओवादी केन्द्रका दुई र कांग्रेसका एक जना विजयी भएका छन्। यसअघि एमालेका दुई र कांग्रेसका एकजना निर्विरोध निर्वाचित भइसकेका छन्।
दलित र अन्यमा गरी एमालेका २, अल्पसंख्यकरअपाङ्गता र अन्य गरी माओवादी केन्द्रका २, नेपाली कांग्रेस अन्यमा एक जना विजयी भएका हुन्। दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भए। अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवर विजयी भए। अन्यमा एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र बहादुर खड्का कांग्रेसका दुर्गाप्रसाद उपाध्याय विजयी भएका छन् ।
महिलातर्फ भने तीन जना यसअघि नै निर्विरोध निर्वाचित भैसकेका हुन्।यसअघि प्रदेश नम्बर पाँचमा महिलातर्फ एमालेवाट केमल वलि, बिना बुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका थिए।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी हुनुभएको हो ।
यस्तै महिला सदस्यमा वाम गठबन्धनको तर्फबाटै एमालेकी नन्दा चपार्ई , कविता बोगटी र माओवादी केन्द्रकी युटोल लामा विजयी हुनुभएको हो । वाम गठबन्धनबाटै एमालेका नरपति लुवार दलितबाट र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो ।  

प्रदेश नम्बर ७ 

प्रदेश नम्बर ७ मा एमालेका ४ जना विजयी भएका छन् भने माओवादी केन्द्रका २ जना सांसद विजयी हुँदा कांग्रेसका २ जना विजयी भएका छन् । एमालेका चक्र स्नेही र महेशकुमार महरा विजयी हुनुभएको छ ।
७ नम्बर प्रदेशबाट कांग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट, एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी वली र माओवादीका हरिराज चौधरी यसअघि नै निर्विरोध हुनुभएको थियो ।

OUR LINK

https://www.blogger.com/blogger.g?blogID=1839917236784540605#editor/target=post;postID=6657242483700219522

दुर्घटनापछि भक्तपुरका दुवै सडक बन्द

भक्तपुर, माघ २४ – मिनिट्रकको ठक्करबाट बुधबार बिहान ज्यान गएका पीडितका परिवार र आफन्तले दोषीलाई कारवाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन् ।
दिउँसो दुई बजेदेखि पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरीवृृत्त ठिमी घेराउ गरेको पीडित पक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत ठिमी चारदोबाटो पनि बन्द गराएका छन् । काठमाडौंबाट भक्तपुर र पूर्वतर्फ जाने सडक बन्द भएपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ । साँझ भएसँगै सयांै यात्रुहरु अलपत्र परेका छन् ।
बिहान ५ बजे मध्यपुरठिमी नगरपालिका–४, चारदोबाटोमा मर्निङ्ग वार्क गइरहेका मध्यपुरठिमी नगरपालिका–५, दुई पोखरी बस्ने ६६ वर्षका जगतकुमार श्रेष्ठलाई जेब्रा क्रसिङ्गमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा. २ ख. ८००६ नम्बरको मिनीट्रकले ठक्कर दिँदा ज्यान गएको थियो ।
तिब्र गतिमा आएको मिनिट्रकले ठक्कर दिँदा मृतकको शव क्षतविक्षप्त अवस्थामा रहेको मृतकका माइला छोरा श्याम श्रेष्ठले जानकारी दिनुभयो । ‘हाम्रो ठक्कर दिने चालकलाई कडा कारबाही गर्नुपर्छ, घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, यसबारेमा सवारी धनीसँग हाम्रो छलफल र वार्ता हुनुपर्छ भन्ने माग हो’, श्रेष्ठले भन्नुभयो, ‘दिनभरि प्रहरीलाई सवारी धनीलाई बोलाइदिन आग्रह गर्दा प्रहरीले अटेर गरेपछि बाध्य भएर प्रहरी वृत्त घेराउ गरी दुवै सडक बन्द गराएका हौं ।’
काभ्रे सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८, जगाती बस्ने २९ वर्षका चालक प्रेमबहादुुर मोक्तान र मिनी ट्रकलाई नियन्त्रणमा लिई प्रहरी वृत ठिमीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको र चालकलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउने प्रयास पनि भैरहेको जनाएको छ ।

८ वर्षीय बालक र ६ वर्षीय बालिकाको विवाहमा सांसद नै उपस्थित भएपछि...

मोरङ, माघ २४ – दिउँसोको २ बजेको थियो । कोही बाजा बजाउँदै गरेका थिए । कोही नाच्दै थिए । अनी एकातिर बेहुला र बेहुली सजाएर राखिएको थियो ।
खुल्ला चौरको टेबुलमा बत्ति बालिएको थियो अनी सँगै रहेका बेहुला बेहुलीलाई पुजा गरेर टिका लगाउँदै थिए स्थानीय । ८ वर्षीय बालक तनुज राजवंशी र ६ वर्षीय बालिका कृष्टी राजवंशी बेहुला र बेहुलीको भूमिका निर्वाह गर्दै थिए ।
मोरङको कटहरी–१, स्थित खुला चौरमा देखिएको यो दृश्यले सबैलाई अचम्ममा पार्‍यो । खुला चौरमा बेहुला र बेहुली दुवै पक्षका सयौं आफन्तको उपस्थितिले चौर भरिएको थियो । कोही रुँदै गरेको जस्तो पनि त्यही भीडमा देखिन्थ्यो ।
राजवंशी समुदायको सांस्कृतिक पोशाकमा सजिएर महिलाहरु यताउती गरिरहेका थिए । हामी त्यही रमिता हेरिरहेका थियौं । आखिर भएको के हो भन्नेमा अन्यौल नै थियौ ।
एकै छिनमा विवाहमै पुगे सोही क्षेत्रमा प्रदेश सांसद जीवन घिमिरे । अनी त्यही कार्यक्रममा कटहरी गाउँपालिका वडा नम्बर–१, का अध्यक्ष कपुरलाल माझी पनि देखिए ।
विधि विधानपूर्वक वैवाहिक कार्यक्रम अघि बढी रहेको थियो । यसरी आयोजना भएको यो विवाह कार्यक्रम कुनै बालविवाह नभई विराट–राजवंशी समुदायले आफ्नो संस्कृतिको संरक्षणको लागि परम्परागत विवाहको जानकारी दिन यो कार्यक्रमको आयोजना गरेका थिए । 
राजवंशीको मौलिक परम्परा हराउन थालेको भन्दै स्थानीय युवाहरुको पहलमा यसरी परम्पराको संरक्षणको लागि खुल्ला ठाउँमा भोजसहितको विवाह गरेर गाउँभरिका व्यक्तिहरुको सहभागी गराएर विवाह संस्कारको पुस्ताहतान्तरण सिकाएको अगुवाहरुले बताए ।
समुदायका मौलिक विवाह पद्धति युवापुस्ताले बिर्सन थालेपछि त्यसलाई जोगाउन नाटकिय विवाहको आयोजना गरिएको स्थानीयको भनाई छ ।
पुराना परम्परा हराउँदै जान थालेपछि त्यसलाई जोगाउनको लागि विराट–राजवंशी समुदायले यो विवाह गर्ने परम्परा सिकाएको स्थानीय कटहरी–१, की रेखा राजवंशीले बताउनुभयो । यो अवसर राजवंशी युवा समाज र योङ हर्ट ग्रूपले संयुक्त रुपमा उपलब्ध गराएको हो । यसरी नाटकिय रुपमा गरिएको विवाहमा विराट–राजवंशी समुदायले अपनाउने सम्पूर्ण विधि अपनाइएको थियो ।
डलसज्जी, लाबा भुजाई, कसाकुटी, चुमाओन, सिनुरदान, सम्धी मिलाओन, बिदागरीलगायतका राजवंशी समुदायको विवाहको सबै विधि र प्रक्रिया देखाइएको थियो । यसरी देखाइएको विवाह प्रक्रियाको बारेमा जान्न पाउँदा स्थानीय युवाहरु उत्साहित देखिन्थे ।
विराट राजवंशी समाज उत्थान समिति सचिव बसन्त राजवंशीले परम्परा संरक्षणको लागि यसरी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
यसरी विवाह भइरहेको स्थानमा पुगेका प्रदेश सांसद घिमिरे शुरुमा त अलमलमा परेर फर्किन खाज्नुभएको थियो । तर यसको भित्री कुरा थाहा पाएपछि उहाँ उत्साहित देखिनुहुन्थ्यो ।
विवाहलाई हेरिसकेपछि सांसद घिमिरेले समुदाय स्तरबाट राजवंशी समुदायले शुरु गरेको संस्कृतिको संरक्षणले पहिचानका मुद्धालाई बलियो बनाउने बताउनुभयो ।
यसरी संस्कृतीको संरक्षण गर्नको लागि आयोजना गरिएको नाटकिय विवाह हेर्न कटहरी गाउँपालिका तथा विराटनगर महानगरपालिकाका विभिन्न जातजातीको उपस्थिती थियो ।
बाह्य संस्कृतिको चपेटामा परेर मौलिक वैवाहिक पद्धतीमा प्रतिकुल असर पर्न थालेपछि मोरङका विराट–राजवंशी समुदाय त्यसको संरक्षणमा लागेका छन् । परम्परागत विवाहको संस्कार भुल्दै गएको भन्दै चौतर्फी चिन्ता भइरहँदा राजवंशी समुदायले विवाहको परम्परागत शैली सिकाउन सार्वजनिक स्थलमै नाटकिय विवाह गराएका थिए ।
पछिल्ला दिनहरुमा मौलिकता झल्कने पुराना परम्परा र संस्कृती हराउँदै जाँदा त्यसको संरक्षणमा युवापुस्ता लाग्नुलाई सकारात्कम रुपमा लिन सकिन्छ । तर यो नै स्थायीत्व भने होइन् । परम्परा र संस्कृतिलाई जोगाउन सरकारले पनि केही पहल गर्नुपर्ने देखिन्छ ।
–सुमन तिमल्सिनाको स्थलगत रिपोर्टिङ

Tuesday, February 6, 2018

बजारमा नयाँ Pulsar Bike Launch भएछ Valentine Day को लागि भनेर 😁😂।


Ramailo Cartoon



कम्पनीले काम नदिएपछि कतारमा १३ जना युवा अलपत्र, उद्धारका लागि आग्रह

​कम्पनीले काम नदिएपछि कतारमा १३ जना युवा अलपत्र, उद्धारका लागि आग्रहमाघ २३ – कतारमा अलपत्र परेका १३ जना युवाले छिटो उद्धार गर्न आग्रह गरेका छन् । 
अलपत्र पर्नेमा रामेछापका केशर रैका मगर, तनहुँका शेखर थापामगर, झापाका निर्मल काफ्ले, अर्घाखाँचीका राजन खड्का, सुर्खेतका रत्नबहादुर खड्का छन् । 
त्यस्तै पर्वतका खेमबहादुर सुनुवार, तनहुँका ऋखिश्वर सिंजाली मगर, सर्लाहीका गणेश बम्जन, सिन्धुपाल्चोकका नवराज भण्डारी, कास्कीका एकराज गौतम, तनहुँका माधव पोखरेल, स्याङ्जाका बिमल राना र सुनसरीका गोपालप्रसाद दाहाल कतारमा अलपत्र परेका हुन् । 
कुक र वेटरको काममा गएका उनीहरु अलपत्र परेका हुन् । जनवरीको पहिलो हप्ता कतार प्याराडाइज इन्टरनेशनल म्यानपावरबाट कतार गएका युवालाई काम नदिई लेवर क्याम्पमा राखिएको छ । 
सुनसरीका गोपाल भने ड्राइभर भिसामा पाँच महिनाअघि त्यहाँ पुग्नुभएको हो । उहाँ बुवाको किरिया गर्न पनि आउन पाउनु भएको छैन । गोपालका बुवाको १२ दिन अघि निधन भएको थियो । 
कम्पनीले नेपाल फर्काउन करारपत्र रद्द गरिएको कागजमा हस्ताक्षर गराएको छ । त्यस्तै म्यानपावरबाट हवाई टिकट मगाएर नेपाल फर्कनु भनेको पीडितहरुले बताएका छन् । उनीहरुलाई खाना समेत समस्या भएको छ । म्यानपावर कम्पनीमा फोन गर्दा काम मिलाई दिने भनिएपनि पीडितहरुले काम पाएका छैनन् ।

अमेरिका पठाइदिने भन्दै करोडौं ठग्ने पक्राउ

काठमाडौं, माघ २२ – अमेरिका पठाइदिने र भारतीय सेनामा जागिर लगाइदिने भन्दै १ करोड ५० लाख रुपैयाँ भन्दा धेरै रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
आफू अमेरिकी सेना भएको भन्दै ३ वटा नागरिकता बनाएर ठग्ने सिन्धुपाल्चोक हेलम्बुका सुलभ क्षेत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । उनले आफूलाई नरेन्द्रबहादुर पण्डित र मनिष बस्नेत बताउँदै धेरैजनालाई ठगेको प्रहरीले जनाएको छ ।
सुलभ विरुद्ध काठमाडौं जिल्ला अदालतमा ४ करोड ५० लाख रुपैयाँ ठगेको मुद्दा परेको छ भने उनले आफू मनिष बस्नेत हुँ भनेर अदालती विवाह गरेको पनि खुलेको छ । सुलभ क्षेत्रीविरुद्ध उजुरी बढ्ने क्रममा रहेको पनि प्रहरीले जनाएको छ । 

जिदानलाई रियलले हटाउला त ?

काठमाडौ, माघ २३ – स्पेनिस फुटवल क्लब रियल मड्रिडको प्रशिक्षक नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा जिनेदिन जिदानले क्लबका लागि आफुले दिलोज्यान दिने बताएका थिए । नभन्दै त्यसअघि प्रशिक्षकका रुपमा ठूला टीममा परिक्षण नभएका जिदानको नेतृत्वमा रियलले २ बर्षमा ८ वटा उपाधि जित्यो । 
 
२०१६ को जनवरी ४ मा प्रशिक्षक नियुक्त भएयता २०१७ को अन्त्यसम्ममा रियलले च्याम्पियन्स लिग, फिफा क्वल वल्र्डकप र युइएफए सुपरकप लगातार २ पटक जित्यो । अगस्ट २०१७ मा स्पेनिश सुपरकपको उपाधि उचाल्यो । 
 
५ बर्षपछि गत सिजन २०१६।१७ मा स्पेनिस लालिगाको उपाधि सान्टिएगो बर्नावेउ फर्कायो । एलक्लासिकोमा रियलले बार्सिलोनालाई हरायो । रियलकै खेलाडी क्रिष्टियानो रोनाल्डोले लगातार २ पटक बालोन डिओर जिते । 
 
यति उपलब्धि दिलाएपछि फिफाले दिने पुरुषतर्फको उत्कृष्ट प्रशिक्षक २०१७ को उपाधि जिदानलाई नदिनु शायद अन्याय हुने थियो । जिदानले यो उपाधि जिते पनि । च्याम्पियन्स लिगमा लगातार दुई उपाधि जित्ने प्रशिक्षक उनै भए । जिदानका नाममा थुप्रै रेकर्ड बने । प्रशिक्षण करियरको छोटो समयमा उनले पाएका उपलब्धि उनका समकालिन मात्र होइन कुनैपनि प्रशिक्षकका लागि लोभलाग्दा भए । २ बर्षमा सफलता र जिदान एकअर्काका पूरक जस्तै भए । 
 
तर अहिले मड्रिडको बर्नावेउमा जिदानका लागि सफलता एकादेशको कथा हुन लागिसक्यो । लिगको अंकतालिका मध्य र पुछारतिर रहेका क्वबहरुसँग एकपछि अर्को हार र बराबरीले अहिले सबैभन्दा बढी जिदानलाई पिरोलेको छ । जिदान खेलाडीसँग मैदानमा रिसाएको, झ्वाक्किएको प्रष्ट्रै देखिन्छ ।
 
जित्नका लागि विभिन्न विकल्पको प्रयोग गरिरहेका देखिन्छन् । तर उनका अस्त्रहरु एकपछि अर्को असफल हुदै गएका छन् । बर्नावेउमा उनले सोचे जस्तो समय चलिरहेको छैन ।
https://images0.minutemediacdn.com/production/912x516/58e5f57dabc661dcbb000001.jpg
 
सधै जितका लागि खेल्ने रियलले यसपटक लालिगाका २१ खेल मध्ये ११ मा मात्र जितेको छ । ६ हार र ४ बराबरीले ला लिगाका २१ खेल सकिदा रियल ३९ अंक सहित चौथो स्थानमा छ । चौथो स्थानमा पनि भिल्लारियलले कडा टक्कर दिएको छ । लिगमा एक खेलबढी खेलेको प्रतिद्धन्दी बार्सिलोना रियल भन्दा १९ अंकले अघि छ । 
 
क्लबका मूख्य खेलाडी क्रिष्टियानो रोनाल्डो, गारेथ बेल र करिम बेन्जिमा चल्न सकेका छैनन् । २००९ देखि २०१७ सम्म लालिगामा रोनाल्डोको हरेक सिजन औषत गोल ३५ छ । तर यसपटक उनले जम्मा ८ गोल गरेका छन् । बेल र बेन्जिमाको क्रमश ६ र २ गोल छ । यतिसम्म कि लालिगाको धेरै गोल गर्नेको सूचिमा रोनाल्डोको नाम १३ औं नम्बरमा छ । 
 
रियलमा जिदानको निरन्तरताको निर्धारण गर्ने खेल 
रियलकालागि यो सिजन लालिगा जित्ने सम्भावना लगभग के पुरै सक्किसक्यो । रियल कोपा डेल रेको त क्वाटरफाइनलबाटै अगाडि बढ्न सकेन । लिगको अंक तालिकाको उत्कृष्ट ४ मा पनि परेन भने रियलको अर्को बर्ष च्याम्पियन्स लिगमा सिधै प्रवेश गर्ने बाटो बन्द हुनेछ । यस्तो भएमा रियल जस्तो लगानी, खेलाडी र सफलताका हर हिसावले उत्कृष्ट टीमका लागि यो भन्दा लाजमर्दो कुरा के पो होला र ? 
 
यो सिजन रियलले जित्न सक्ने उपाधि भनेको च्याम्पियन्स लिग नै हो । तर यो पटक रियलका लागि च्याम्पियन्स लिगपनि सजिलो छैन ।
अन्तिम १६ बाट अगाडि बढ्न रियलले युरोपको शक्तिशाली क्लब पेरिस सेन्टजर्मन (पिएसजी) लाई पन्छाउनुपर्नेछ । फ्रान्सको लिग वान जितेपनि पिएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जितेको छैन । 
 
च्याम्पियन्स लिग जित्नै भनेर पिएसजीले अहिलेसम्मको महंगो धनराशी खर्चेर बार्सिलोनाबाट नेयमारलाई भित्र्याएको छ । मोनाकोबाट लोनमा आएका किलियन वाप्पे र उरुग्वेका स्ट्राइकर एण्डिसन काभानीलाई रोक्न रियलले ठूलै शक्तिलगाउनु पर्नेछ ।
 
फेव्रुवरी १५ र मार्च ७ माहुने च्याम्पियन्स लिगमा पिएसजीसँगको खेलको नतिजाले रियलमा जिदानको  भविष्य तय गर्नेछ । 
 
युरोपको फुटवलमा सबैभन्दा अपजसिलो र अनिश्चित काम कसैको छ भने त्यो ठूला फुटवल क्लबको प्रशिक्षकको नै हो । अघिल्लो सिजन जतिसुकै राम्रो खेलेको होस वा उपाधि जितेको होस् २।४ वटा खेलमा तलवितल पर्ने वित्तिकै प्रशिक्षकको जागिर धरापमा परिहाल्छ । 
 
रियल त अझ यस्तो काममा युरोपका अरु क्लबभन्दा अगाडिैछ । सन् २००३ पछि रियलले १२ जना त प्रशिक्षकनै फेरिसक्यो । जिदान १३ औं हुन् । 
 
च्याम्यिसन्यलिगमा सोचे जस्तै नतिजा नआएको खण्डमा क्लवका पदाधिकारीले जिदानमाथिकस्तो हतियार चलाउने हुन अब धेरैको चासो त्यसैमा हुनेछ । 
जिदान प्रशिक्षक भएको घोषणा गर्ने पत्रकार सम्मेलनमा क्लबको अध्यक्ष फ्लारेन्टीनो परेजले भनेको थिए "रियल मड्रिडका खेलाडीलाई नेतृत्व दिनु भनेको के हो भन्ने कुरा अरुभन्दा राम्रोसँग कसैले बुझ्छ भने त्यो जिदानमात्रहुन् ।" लगातार दोश्रो पटक च्यापियन्स लिग जितेपछि त परेजले भनेका थिए "जिदान जिन्दगी भर रियलमा बस्ने सक्नेछन् ।" परेज आफ्नो भनाईमा अडिग रहन्छन् वा रहदैनन, सबैलाई चासो छ ।
 
तर ट्रफी जित्न खेलाडी र प्रशिक्षकका लागि पैसाको खोलो बगाउन माहिर परेज र उनको समूहले पक्कै पनि जिदानभन्दा बढी रियल मड्रिड बुझ्ने व्यक्ति खोज्न थालिसकेको हुनुपर्छ । 
 
यो सिजन कुनै मूख्य उपाधि नजिताएपनि जिनेदिन जिदान सान्टिएगो बर्नावेउमा प्रशिक्षक रहिरहे भने त्यो विश्व फुटवलका पण्डितका लागि नै अनौठो कुरा कुरा हुनेछ ।

ताइवानमा शक्तिशाली भूकम्पको झट्का

माघ २४ –ताइवानको हुवालिन शहरमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । 
ताइवानी अधिकारीका अनुसार भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान जानुकाे साथै सयाैं घाइते भएका छन् । त्यस्तै कैयौं अग्ला भवनहरु भत्केको जनाएका छन् । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा कैयौं सडक र भवनमा क्षति पुगेको देखिन्छ । 
भूकम्पका कारण कैयौं भवनमा फसिरहेका नागरिकलाई उद्धार गर्ने कार्य भैरहेको बीबीसीले जनाएको छ ।

सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं, माघ २३ - सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब  दुई अर्ब २५ करोड रुपैयाँ लिनका लागि बाटो खुलेको छ । 
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार बैंकले रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो खुलेको हो । 
आदेशमा भनिएको छ, “बैंकले रकम रोक्नुको कानुनी कारण पारदर्शी रुपमा देखिन आएन, रोकी राख्नुपर्ने देखिएन, पैसा विदेश लैजान नपाउने गरी सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन अन्तरिम आदेश जारी गरिएको छ ।” 
अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रासस

भिआइपीको सवारीमा सर्वसाधरणलाई किन रोक्ने ?


काठमाडौं, माघ २४ – राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ ।
 
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । 
 
आदेशमा भिआइपीको सवारी हुँदा सडक खाली गराई राष्ट्रपति तथा विशिष्ट व्यक्तिकोे सुरक्षाका कारण सवारीलाई रोक लगाउने काम कुनकुन कानुनमा उल्लेख गरिएको छ भन्नेबारे समेत लिखित जवाफ माग गरिएको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई अधिवक्ता ज्ञानेश्वर कोइरालाले यही माघ १९ गते दायर गरेको रिट निवेदनमा भिआइपीको सवारीमा नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउँदा नागरिक अधिकारको हनन भएको उल्लेख छ ।  
 
नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रतापूर्वक सडकमा यात्रा गर्न पाउने अधिकार दिएको भए पनि राष्ट्रपति तथा अन्य विशिष्टको सवारी हुँदा नागरिकको यात्रा गर्न पाउने अधिकारको हनन भएको र नागरिकलाई मर्का परेको निवेदनमा उल्लेख छ । रासस

६ नम्बर प्रदेश सुनको डल्लो भएको माओवादी नेता शर्माको दावी




सुर्खेत, माघ २४ – नेकपा माओवादी केन्द्रले ६ नम्बर प्रदेशको मुख्यमन्त्रीको यही माघ २५ गतेसम्म टुङ्गो लगाउने भएको छ । 
माओवादी केन्द्रका नेता एवं रुकुम पश्चिमबाट प्रनिनिधि सभाका सदस्य जनार्दन शर्माले पार्टीले २५ गतेभित्र ६ नम्बर प्रदेशको मुख्यमन्त्री टुङ्गाउने बताउनु भएको हो । मंगलबार विरेन्द्रनगरमा प्रेस सेन्टर नेपाल प्रदेश ६ ले  आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले २५ गते हुने छलफलमा मुख्यमन्त्रीको टुङ्गो लगाउने बताउनु भएको हो  । 
६ नम्बर प्रदेशका लागि मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही र नरेश भण्डारीेको  दावी रहँदै आएको छ । उहाँले पार्टी छलफल गरेर एक जनालाई विधिसम्वत रुपमा चुन्नने बताउनु भयो । मुख्यमन्त्री टुङ्गाउन  सहजीकरण गर्न सुर्खेत आउनु भएका शर्माले मुख्यमन्त्रीमा दावी गर्नु, धेरैको इच्छा हुनु स्वभाविक भएको र मुख्यमन्त्री टुङ्गाउन समस्या र विवाद नभएको भन्दै यसलाई सहज तरिकाले टुङ्ग्याउने बताउनुभयो ।  
यसैबीच उहाँले वाम गठबन्धनको पार्टी एकताको औपाचारिक घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भएको छ । चुनावअघि वाम एकता गर्ने घोषणा गरेकाले यसलाई जनताले अनुमोदन गरेको भन्दै यसलाई औपचारिक घोषणा गर्न सकारात्मक छलफल भइरहेको बताउनुभयो । उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने पनि स्पष्ट पार्नुभयो । 
शर्माले सरकार निर्माण र पार्टी एकता सँगसँगै हुने पनि बताउनुभयो । प्रचण्ड अध्यक्ष नभए पार्टी एकता हुँदैन भन्ने कुरा माओवादी नेताहरुबाट आएको छ नि भन्ने प्रश्नमा उहाँले त्यो सबै भ्रम फैलाइएको भन्दै त्यसको पछि नलाग्न उहाँले आग्रह गर्नु भयो  ।
‘पार्टीको अध्यक्ष को हुन्छ भन्ने जवाफ दुवै अध्यक्षले छलफल गरेर निर्णय दिनुहुन्छ’ उहाँले भन्नुभयो, ‘यस विषयमा म केही भन्न चाहन्न । तर पार्टी एकता जसरी पनि हुन्छ । जनताले पार्टी एकताको सपना देखाएका छन् । जनताको सपनालाई त्यसै मृत्यु हुन दिनुहुँदैन् ।

६ नम्बर प्रदेश  १० वर्षमा देशकै नम्बर एक प्रदेश बन्ने

शर्माले प्रदेश नम्बर ६ लाई अबको १० वर्षमा समृद्ध प्रदेश बनाएर देशकै एक नम्बर प्रदेश बनाउने बताउनुभयो । उहाँले प्रदेशको विकासको लागि दलगत नभएर सबै एक जुट भएर लागे अबको १० वर्षमा विकास गर्न सकिने बताउनु भयो । 

६ नम्बर प्रदेश सुनको डल्ला भएकोले सुनको डल्लोबाट के बनाउने भन्नेमा भर पर्ने भन्दै अब कालिगढको आवश्यक रहेकाले यस प्रदेशमा बन्ने सरकारले कालिगढको काम गर्ने दावी गर्नुभएको छ । ‘६ नम्बर प्रदेश जलस्रोत, जडिबुटी, कृषि, पर्यटनलगायतको धेरै सम्भाना बोकेको प्रदेश हो । यस प्रदेशलाई बनाउन कालिगढको आवश्यक छ’ उहाँले भन्नुभयो ‘अब हामी सबै मिलेर कालिगढको काम गर्न आवश्यक छ ।’

६ नम्बर प्रदेश पछि परेको छ भनेर नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यहाँका समस्याहरु साझा चुनौतिको रुपमा लिएर सकारात्मक भएर विकासमा लाग्न पनि उहाँले सबैलाई अनुरोध गर्नुभएको  छ ।