Monday, October 19, 2020

सहजै पाइन्न कोरोनाको बिमा भुक्तानी

 

संक्रमितले सुरुमा आफ्नै खर्चबाट उपचार गराउनुपर्नेछ । त्यसपछि मात्र कम्पनीबाट शोधभर्ना पाइने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘सुरुमा बिमितले आफ्नै खर्चमा उपचार गर्नुपर्छ,’ उनले भने, ‘सबै कागजात पुर्‍याएर आएपछि बिमा कम्पनीबाट दाबी भुक्तानी पाइन्छ ।’ आइतबारदेखि सर्वसाधारणको उपचार खर्च बिरामी आफैंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको छ । यो निर्णयपछि अस्पतालहरूले बिरामीबाट उपचार शुल्क लिन थालेका छन् । बिमा कम्पनीबाट तत्काल दाबी भुक्तानी नपाउने भएपछि बिमित मर्कामा परेका छन् ।

‘सरकारले उपचार आफैं गर्नू भन्छ,’ एक संक्रमितले भने, ‘बिमा कम्पनीले भुक्तानी दिने कहिले हो, यस्तो बेलामा कसरी उपचार खर्च जुटाउनु ?’ जोखिम उच्च भएको समयमा सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेकाले समस्या भएको उनको गुनासो छ । ‘अप्ठ्यारो पर्दा सहज होला भनेर बिमा गरिएको हो,’ उनले थपे, ‘चाहिएका बेलामा भुक्तानी नपाएपछि के काम लाग्यो र ?’ बिमा समितिको कमजोरीका कारण बिमितले अप्ठ्यारो अवस्थामा दाबी भुक्तानी पाउन नसकेको जानकारहरू बताउँछन् । स्वास्थ्य बिमाको मापदण्डअनुसार बिमितको बिमा पोलिसीबाटै अस्पतालले खर्च कटाउनुपर्ने र बिमांकभन्दा बढी खर्च आएमा त्यो मात्र व्यक्ति स्वयंबाट लिनुपर्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । यही सिद्धान्तअनुसार बिमा कम्पनीले काम गर्नुपर्ने उनको भनाइ छ । बिमा कम्पनीले समयमै भुक्तानी दिँदैनन् भने त्यसको जिम्मेवार बिमा समिति हुनुपर्ने उनले बताए । ‘मापदण्डअनुसार तोकिएको समयमा दाबी भुक्तानी नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्नेसम्मको अधिकार समितिसँग छ,’ उनले भने, ‘यस्तो बेलामा नियामक निकाय कम्पनीले मानेनन् भनेर रोइकराइ गरेर बस्ने होइन । निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गराउन एक्सनमा जाने हो ।’

सरकारको निर्णय भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय नागरिक, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने स्वास्थ्य

Thursday, September 27, 2018

१० वर्षीय बालकको हत्या आरोपमा १ पक्राउ - दोलखा – शैलुङ गाउँपालिका वडा

Wednesday, February 7, 2018

नेपाल र नामिबियाको खेल आज, यस्तो छ नामिबियासँग नेपालको इतिहास

काठमाडौं, माघ २५ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल बिहीबार घरेलु टिम नामिबियासँग खेल्दैछ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो  सवा १ बजे बजेपछि सुुरु हुनेछ ।
नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको छ । नेपाली कप्तान पारस खड्काले नेपाली टिम हरेक खेलमा जित्नका लागि मैदान उत्रने बताएका छन् ।
नेपालले यसअघि पनि खेलिसकेको नामिविया बलियो टिम रहेको उनको भनाई छ । यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हारेको छ । 
सन् २००१ मा भएको आइसीसी ट्रफीमा नामिबियाले नेपाललाई ८ विकेटको हराएको थियो । सन् २०१५ मा नामिबियामै भएको डिभिजन टू मा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो । यस्तै, सन् २०१६ को अप्रिलमा कीर्तिपुरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले नामिबियालाई ५ विकेटले र यहि प्रतियोगिताको दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । कप्तान पारस खड्काले उक्त खेलमा शतकीय पारी खेलेका थिए । 
सन् २००३ मा एकदिवसीय विश्वकप खेलिसकेको नामिबियाले डिभिजन टूको  तयारीका लागि दक्षिण अफ्रिका पुगेर स्थानियत टोलीसँग तीन दिवसीय कप र एकदिवसीय सिरिज पनि खेलेको छ । नामिबियालाई घरेलु मैदानको फाइदा पनि हुनेछ । 
नेपालले भने प्रतियोगिताका लागि गतिलो तयारी गर्न पाएको छैन । प्रतियोगिताका लागि युएइमा ३ अभ्यास खेल खेलेको नेपाली टोली उतैबाट नामिबिया पुगेको हो । ६ टीम रहेको प्रतियोगिताको शीर्ष २ मा रहने टीमले विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछन् । 

प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत, माघ २५ – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न भएको राष्ट्रियसभा सदस्यको चुनावमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका ८ जना उम्मेदवार सबै विजयी भएका हुन ।
वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी हुनुभएको हो । नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका विष्णुबहादुर शाही पराजित हुनुभएको छ । 
यस्तै महिला सदस्यमा वाम गठबन्धनको तर्फबाटै एमालेकी नन्दा चपार्ई , कविता बोगटी र माओवादी केन्द्रकी युटोल लामा विजयी हुनुभएको हो । वाम गठबन्धनबाटै एमालेका नरपति लुवार दलितबाट र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो ।  
एमालेकी नन्दा चपाईले १ हजार २ सय ६८, कविता बोगटीले १ हजार ३ सय १४ र माओवादी केन्द्रकी युटोल तामाङले १ हजार २ सय ७१ मत ल्याएर विजयी हुनुभएको हो । । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सुर्यदेवि शाही पराजित हुनुभएको छ ।  
नरपति लोवारले तीन हजार ६ सय ६६ मत ल्याएर विजयी हुनुभएको छ भने कांग्रेसका मित्रलाल सार्कीले ९ सय ६० मत ल्याएर पराजित हुनुभएको  छ । माओवादी केन्द्रका जीवनबहादुर बुढाले तिन हजार  ७ सय २० मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका गोपालप्रसाद शर्माले ९ सय ७८ मत ल्याएर पराजित हुनुभएकोे छ ।
प्रदेश नम्बर ६ मा ८ राष्ट्रियसभा सदस्यका लागि १२ जनाले उम्मेदवार दिएका थिए ।  वाम गठबन्धको तर्फबाट एमालेले ५, माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसको तर्फबाट ४ जनाले उम्मेदवारी दिएका थिए । 

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही,माघ २५ - सर्लाहीको बलरा नगरपालिका ४  मा गयराति भएको सवारी दुर्घटनामा एक्जनाको ज्यान गएको छ ।  भारतिय नम्वर प्लेटको बिआर ३० जे ५९२७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय ७० वर्षीया देवती देबीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकारी दिनुभयो।
मोटरसाइकलले ठक्कर दिइएपछि गम्भीर घाइते भएकी देवती लाई उपचारका लागि सर्लाही अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । ठक्कर दिने मोटरसाइकल  चालक बिन्देश्वर महतोलाइ प्रहरीको पक्राउ गरेको छ।

दुध वोक्ने ट्याङकर त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु

चितवन, माघ २५ –  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत गाईघाटमा दुध वोक्ने ट्याङकर त्रिशलीमा खस्दा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनरसँग ठोक्किएर दुध बोक्ने ट्याङकर त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोक्ने ट्याङकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । दुर्घटनामा परेको ट्याङकरका चालक र सहचालकको मृत्यु भएको तर सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
ट्याङकर सडकवाट नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठोकिएको ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ ।शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रियसभा चुनावमा पनि वाम गठबन्धनको बहुमत (विजयी सांसदको नामावली सहित)

काठमाडौं, माघ २५ – राष्ट्रियसभा चुनावको सबै परिणाम आएको छ । कुल ५६ जना सांसदका लागि भएको चुनावमा २४ जना सांसद यसअघि नै निर्विरोध विजयी भएका थिए । बुधबार बाँकी ३२ सांसदको लागि चुनाव भएको थियो । सबै प्रदेशबाट मतगणना सकिँदा राष्ट्रियसभा सदस्य चुनावमा पनि वाम गठबन्धनको नै स्पष्ट बहुमत आएको छ ।
५६ जना सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका २७ जना विजयी भएका छन् भने माओवादी केन्द्रका १२ जना विजयी भएका छन् । यसरी हेर्दा वाम गठबन्धनबाट ३९ सांसद राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेछन् । नेपाली कांग्रेसबाट भने राष्ट्रियसभामा १३ जना सांसदले प्रतिनिधित्व गर्नेछन् राजपा र संघीय समाजवादी फोरमका २/२ जना सांसद राष्ट्रियसभामा हुनेछन् । 

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा भएको चुनावमा ६ जना निर्विरोध भएका थिए भने २ जनाको लागि बुधबार चुनाव भएको थियो । दलित र अपाङग वा अल्पसंख्यक सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । १ नम्बर प्रदेशमा एमालेका ५ जना कांग्रेसका २ जना र माओवादी केन्द्रका १ जना सांसद भएका छन् ।  
बुधबार भएको चुनावमा एमालेका खेम नेपाली र एमालेकै अगमप्रसाद बान्तवा राई विजयी हुनुभएको छ ।  प्रदेश नम्बर १ मा यसअघि नै वाम गठबन्धनका नैनकला ओझा, विना पोखरेल, हरिचरण शिवाकोट, पर्शुराम मेघी गुरुङ्ग, तथा कांग्रेसका रमेशजंग रायमाझी र सरिता प्रसाई निर्विरोध निर्वाचित भैसक्नुभएको थियो ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, राजपाका रमेशप्रसाद यादव र बृषेचन्द्र लाल संघिय समाजवादी फोरमा प्रमिला कुमारी र रामपृत पासवान एमालेका सुमनराज प्याकुरेल, माओवादीका शशीकला दाहाल, तथा गरि ८ जना नै निर्विरोध निर्वाचित भइसकेका थिए । उनीहरुलाई बुधबा।ै विजयी भएको प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा वाम गठबन्धनबाट एमालेका बलराम प्रसाद बाँस्कोटा, दिलकुमारी रावल पार्वती र उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका छन् ।

प्रदेश नम्बर ४ 

प्रदेश नम्बर ४ मा अपाङग वा अल्पसंख्यक सदस्य बाहेक अन्य सदस्यका लागि बुधबार चुनाव भएको थियो । जसमा नेकपा एमालेका ३ जना विजयी भएका छन् । एमालेका गणेश तिमिल्सिना, शान्ति अधिकारी र दीपा गुरुङ रहेका छन् । माओवादी केन्द्रबाट दीनानाथ शर्मा र खिमकुमार विक गरी २ जना सदस्य विजयी भएका छन् । नेपाली कांग्रेसबाट ४ नम्बर प्रदेशमा ३ जना विजयी भएका छन् ।कांग्रेसका सुरेन्द्रराज पाण्डे, बृन्दा राना मगर र प्रकान्त पन्त विजयी भएका हुन् । 

प्रदेश नम्बर ५ 

प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यमा एमालेका दुई, माओवादी केन्द्रका दुई र कांग्रेसका एक जना विजयी भएका छन्। यसअघि एमालेका दुई र कांग्रेसका एकजना निर्विरोध निर्वाचित भइसकेका छन्।
दलित र अन्यमा गरी एमालेका २, अल्पसंख्यकरअपाङ्गता र अन्य गरी माओवादी केन्द्रका २, नेपाली कांग्रेस अन्यमा एक जना विजयी भएका हुन्। दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भए। अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवर विजयी भए। अन्यमा एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र बहादुर खड्का कांग्रेसका दुर्गाप्रसाद उपाध्याय विजयी भएका छन् ।
महिलातर्फ भने तीन जना यसअघि नै निर्विरोध निर्वाचित भैसकेका हुन्।यसअघि प्रदेश नम्बर पाँचमा महिलातर्फ एमालेवाट केमल वलि, बिना बुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका थिए।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी हुनुभएको हो ।
यस्तै महिला सदस्यमा वाम गठबन्धनको तर्फबाटै एमालेकी नन्दा चपार्ई , कविता बोगटी र माओवादी केन्द्रकी युटोल लामा विजयी हुनुभएको हो । वाम गठबन्धनबाटै एमालेका नरपति लुवार दलितबाट र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो ।  

प्रदेश नम्बर ७ 

प्रदेश नम्बर ७ मा एमालेका ४ जना विजयी भएका छन् भने माओवादी केन्द्रका २ जना सांसद विजयी हुँदा कांग्रेसका २ जना विजयी भएका छन् । एमालेका चक्र स्नेही र महेशकुमार महरा विजयी हुनुभएको छ ।
७ नम्बर प्रदेशबाट कांग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट, एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी वली र माओवादीका हरिराज चौधरी यसअघि नै निर्विरोध हुनुभएको थियो ।